Tuesday, September 20, 2011

गजल लेख्ने अर्को एउटा कोशीस


रगत भन्दा गाढा नाता भावनाको पाएको छु,
त्यसैले पहिलो भेटमै चोखो माया लाएको छु ।

सँगै बाँच्ने सँगै मर्ने कसम खाउँ कि बाचा गरुँ
यस्तो लाग्छ तिम्रै निम्ती यो धर्तीमा आएको छु।

तन टाढा भए पनि,मन सँगै छ झैँ लाग्छ,
एकै झल्को हेर्न सधैं दोबाटोमा धाएको छु ।

एकान्तमा सधैं तिम्रै यादले तड्पिन्छु र,
बिरही भाखाको गीत दिन रात गाएको छु।

आउँ गरौँ बाचा जिऔँ सँगै मरौ सँगै,
यसै परी तिमी भित्र ''सान''बनी छाएको छु।।

Saturday, May 28, 2011

गजल १


एकान्तमा याद आउँछ्यौ तिमी !
सपनिमा मेरो छाउँछ्यौ तिमी !

एक्लै रमाउछु भन्दा अचेल् 
सुटुक्क म भित्र धाउँछौ तिमी !

सताउँछौ किन मलाई यत्ती
तड्पाई मलाई के पाउँछ्यौ तिमी ?

सँग सँगै मिली, दु:ख सुख झेल्न
भन साँच्चै माया लाउँछ्यौ तिमी ?

तिम्रो मेरो बारे गीत लेख्दै छु
सुर् ताल मिलाई गाउँछ्यौ तिमी ?